+
Search

ताजा अपडेट +

पपुलर +

कर्ण/शिवकुमारी केसी छात्रवृत्ति, पुरस्कार तथा सम्मान

कर्ण/शिवकुमारी केसी छात्रवृत्ति, पुरस्कार तथा सम्मान
त्रिशूली प्रवाह
२ महिना अगाडी

बालाजु । कृष्णबहादुर केसी सापकोटा/गुनु केसी तथा केसी सापकोटा परिवार, नुवाकोट विदुर-७ तुप्चेले स्थापना गरेको कर्ण/शिवकुमारी केसी सम्मान पाल्साङ तामाङ र अनिष्मा विश्वकर्मालाई प्रदान गरिएको छ ।

तुप्चे-काठमाडौंँ एकता समाजको २०औंँ वार्षिक साधारणसभामा सो सम्मान प्रदान गरिएको थियो । विदुर–७ का विद्यालयबाट एसइईमा सर्वोत्कृष्ट हुने एकएक छात्रछात्रालाई केसी परिवारले उपलब्ध गराएको रू.१०/१० हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । काठमाडौँको गङ्गबुँमा भएको सो कार्यक्रममा विदुर-७ का वडाध्यक्ष रवीन्द्र नेपालले नगदसहितको सम्मानले उच्च शिक्षा अध्ययन गर्ने तामाङ र विकलाई थप सहयोग र हौसला दिने बताउनुभयो । समाजका सचिवसमेत रहनुभएका कृष्णबहादुर केसी सापकोटाले पिता र माताको सम्मान र सम्झनामा हरेक वर्ष एसइईमा उत्कृष्ट विदुर-७ का एकएक छात्रछात्रालाई नगद छात्रवृत्तिसहित सम्मान कार्यक्रमलाई निरन्तरता दिइने घोषणा गर्नुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह