धुन्चे । जिल्ला खेलकुद विकास समिति रसुवाको आयोजनामा यही चैत २६ देखि २८ गतेसम्म १२औँ राष्ट्रपति जिल्लास्तरीय रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र समापन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको जानकारी खेलकुद विकास समितिका अध्यक्ष विराज लोप्चनले दिए । सदरमुकाम धुन्चेमा हुने उक्त प्रतियोगितामा जिल्लाका पाँचवटै गाउँपालिकाबाट छनोट भएका खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको आयोजकले जनाएको छ । उद्घाटन र समापन कार्यक्रमका प्रमुख अतिथिको निमन्त्रणापत्र गोसाइँकुण्ड गाउँपालिका प्रमुख कैसाङनुर्पु तामाङ र समितिका अध्यक्ष लोप्चनले दिएकामा उनीहरूको स्वीकृतिसमेत आइसकेको बताइएको छ ।
प्रतिक्रिया