+
Search

ताजा अपडेट +

पपुलर +

आठ महिनामा लारानिको राजस्व तीन करोड सङ्कलन

आठ महिनामा लारानिको राजस्व तीन करोड सङ्कलन
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । चालू आवको साउनदेखि फागुन मसान्तसम्म रसुवामा रहेको लाङटाङ राष्ट्रिय निकुञ्ज (लारानि)कोे २८ हजार आन्तरिक र बाह्य पर्यटकले भ्रमण गर्दा झन्डै तीन करोड राजस्व सङ्कलन भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

धार्मिक क्षेत्र गोसाइँकुुण्ड लाङटाङ हुँदै तामाङ सम्पदामार्गमा साउनदेखि फागुन मसान्तसम्म २८ हजार सात सय ८५ जना पर्यटकले भ्रमण गर्दा रु. दुई करोड ९५ लाख नौ हजार दुई सय ८५ राजस्व सङ्कलन भएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहले बताए । प्रमुख संरक्षण अधिकृत साहले दिएको जानकारीअनुसार सो अवधिमा नेपाली २१ हजार दुई सय १८, सार्क राष्ट्रका तीन हजार ९२ र अन्य राष्ट्रका विदेशी सात हजार एक सय ७६ जनाले निकुञ्जको भ्रमण गरेका छन् । पदयात्राका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्रपछिको तेस्रो गन्तव्यस्थलको रूपमा परिचित यो निकुञ्ज नेपालको पहिलो हिमाली राष्ट्रिय निकुञ्ज पनि रहेको छ । सङ्घीय राजधानी काठमाडौँबाट सबैभन्दा नजिकको निकुञ्ज लाङटाङले रसुवाको ५७ प्रतिशत, नुवाकोटको ३६ प्रतिशत र सिन्धुपाल्चोकको सात प्रतिशत भू-भाग ओगटेको छ । निकुञ्ज एक हजार सात सय वर्गकिलोमिटरमा फैलिएको छ । वन्यजन्तु तथा वनस्पतिको प्रचुरताको आधारमा धेरै नै महत्वपूर्ण यस निकुञ्जमा एक हजार भन्दा बढी प्रजातिका वनस्पति पाइन्छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह