+
Search

ताजा अपडेट +

पपुलर +

स्वास्थ्य शिविरबाट १५० लाभान्वित

स्वास्थ्य शिविरबाट १५० लाभान्वित
त्रिशूली प्रवाह
२ महिना अगाडी

धुन्चे । स्थानीयस्तरमै सञ्चालित स्वास्थ शिविरबाट रसुवा जिल्लाका ग्रे तथा नेसिङ गाउँका एक सय पचास जना बासिन्दाले निःशुल्क उपचार सेवा पाएका छन् । उक्त गाउँमा पहिलो पटक भएको शिविर शनिबार सम्पन्न भएको हो ।

दोवु, तेम्वा, फुर्पु आधारभुत अस्पताल गोल्जुङ रसुवाको आयोजना तथा व्यवस्थापनमा भएको उक्त निशुल्क स्वास्थ्य शिविरमार्फत स्वास्थ्य परिक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो । अस्पतालका डा.सरोज श्रेष्ठले दिएको जानकारीअनुसार छुट्टाछुट्टै स्थानमा भएको स्वास्थ्य शिविरबाट ग्रे गाउँमा एक सय र नेशिङ गाउँमा ५० जनाले स्वास्थ्य परिक्षण तथा उपचार गराएका छन् । शिविरमा दमका ११, मधुमेहका चार, उच्च रक्तचापका आठ र चार जना गर्भवती महिलाको समेत स्वास्थ्य परिक्षणका गरिएको अस्पतालका डा.श्रेष्ठले बताउनुभयो । स्वास्थ्य शिविरबाट भएको उपचारसेवा अत्यन्तै फलदायी भएको र निरन्तर सेवा प्रवाहको लागि गाउँमा स्थापित स्वास्थ्य संस्था नियमित सञ्चालनमा ल्याइदिनको लागि सरोकारवाला निकाय समक्ष ग्रे गाउँका स्थानीय समाजसेवी दावादोर्चे तामाङले अनुरोध गर्नुभएको छ । सदरमुकाम धुन्चे भन्दा पच्चिमतर्फ त्रिशूली र भोटेकोशी पारी भौगोलिक विकटता रहेको ग्रे तथा नेसिङ गाउँमा स्थानीयसँग समन्वय गरेर स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने डा. श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह