विदुर । आगामी नयाँ शैक्षिक सत्रका लागि जिल्लाका सामुदायिक विद्यालयलाई आवश्यक पर्ने पुस्तक नुवाकोट जिल्लाको बट्टार आइपुगेका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ नुवाकोटका अध्यक्ष बासुदेव गजुरेलका अनुसार जिल्लाका लागि आवश्यक पर्ने पुस्तक तयारी अवस्थामा रहेको छ । उहाँले भन्नुभयो, “एक गाडी पुस्तक शुक्रबार नुवाकोट आइसकेको छ भने अर्को गाडी लोड भइसकेको छ । यसै हप्ता सबै पुस्तक आइपुग्छन् ।”
महासङ्घका अध्यक्ष गजुरेलका अनुसार जिल्लाका लागि आवश्यक पर्ने कक्षा १–४ सम्मका दुई हजार आठ सय सेट पुस्तक निजी प्रकाशनको आइपुगेका छन् । अन्य कक्षाको हकमा भने कक्षा ५ देखि १० सम्मका पुस्तक जनक शिक्षा सामाग्री केन्द्रबाट शुक्रबार पसलमा आईपुग्ने बताइएको छ । जिल्लाभित्रका पुस्तक तथा स्टेशनरी व्यवसायीले सामूहिकरूपमा एउटै बिव्रmी केन्द्रबाट विगतमा पुस्तक बिव्रmी, वितरण गर्ने गरिएको भएपनि गत वर्षदेखि जिल्लाभरीका पुस्तक पसलले आ–आफ्नो क्षेत्रमा बिक्री गर्ने गरेका छन् ।
प्रतिक्रिया