त्रिशूली । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्यन एकाइ, नुवाकोटका आयोजनामा तरकारी जोनअन्तर्गतका कृषकलाई दिइएको तिनदिने प्रयोगात्मक अभ्याससहितको तालिम आइतबार सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रमानुसार कृषि यन्त्र मर्मतसम्बन्धी कृषकस्तर तालिम शुक्रबार सुरू भएको थियो । परियोजनाको सभाकक्ष ढुंगेमा सम्पन्न तालिममा १८ कृषक सहभागी भएको कार्यालय प्रमुख रवीन्द्र पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया