+
Search

ताजा अपडेट +

पपुलर +

सुजुकी स्कुटर मोटरसाइकलको योजना

सुजुकी स्कुटर मोटरसाइकलको योजना
त्रिशूली प्रवाह
११ महिना अगाडी

विदुर। नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले ‘नयाँ वर्ष २०८२ जितौं टन्न धनराशी’ योजना ल्याएको छ । यो योजनामा सुजुकी मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहक सहभागी हुन पाउने छन् ।

कम्पनीले आफ्ना ग्राहकलाई दृष्टिगत गर्दै उक्त योजना ल्याएको हो । यस योजनाअन्तर्गत सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले रू.आठ हजारदेखि एक लाखसम्मको नगद, तुरून्तै एक्सचेन्ज र फाइनान्स सुविधा पाउने छन् । यसका लागि ग्राहकले ३५००१ मा एसएमएस गर्नुपर्नेछ । साथै, स्कुटर तथा मोटरसाइकल खरिद गर्ने ग्राहकले पाँच वर्षको वारेन्टी र निःशुल्क सर्भिस पाउने छन् । नुवाकोट र रसुवामा सुजुकी मोटरसाइकल तथा स्कुटर कम्पनीको आधिकारिक बिक्रेता उत्सुक अटोमोवाइल्स विदुर-४ बट्टार दम्कीमा रहेको छ । विगत आठ वर्षदेखि उत्सुकले सुजुकी स्कुटर तथा मोटरसाइकलका स्पेयर्स, पार्टस्, सर्भिस र बिक्री गर्दै आइरहेको कम्पनीका सेल्स म्यानेजर सन्तोष थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह