+
Search

ताजा अपडेट +

पपुलर +

सुजुकी स्कुटर मोटरसाइकलको योजना

सुजुकी स्कुटर मोटरसाइकलको योजना
त्रिशूली प्रवाह
२ महिना अगाडी

विदुर। नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले ‘नयाँ वर्ष २०८२ जितौं टन्न धनराशी’ योजना ल्याएको छ । यो योजनामा सुजुकी मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहक सहभागी हुन पाउने छन् ।

कम्पनीले आफ्ना ग्राहकलाई दृष्टिगत गर्दै उक्त योजना ल्याएको हो । यस योजनाअन्तर्गत सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले रू.आठ हजारदेखि एक लाखसम्मको नगद, तुरून्तै एक्सचेन्ज र फाइनान्स सुविधा पाउने छन् । यसका लागि ग्राहकले ३५००१ मा एसएमएस गर्नुपर्नेछ । साथै, स्कुटर तथा मोटरसाइकल खरिद गर्ने ग्राहकले पाँच वर्षको वारेन्टी र निःशुल्क सर्भिस पाउने छन् । नुवाकोट र रसुवामा सुजुकी मोटरसाइकल तथा स्कुटर कम्पनीको आधिकारिक बिक्रेता उत्सुक अटोमोवाइल्स विदुर-४ बट्टार दम्कीमा रहेको छ । विगत आठ वर्षदेखि उत्सुकले सुजुकी स्कुटर तथा मोटरसाइकलका स्पेयर्स, पार्टस्, सर्भिस र बिक्री गर्दै आइरहेको कम्पनीका सेल्स म्यानेजर सन्तोष थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह