+
Search

ताजा अपडेट +

पपुलर +

गणतन्त्रको पक्षमा एमालेको नुवाकोट, रसुवा र धादिङमा जागरणसभा

गणतन्त्रको पक्षमा एमालेको नुवाकोट, रसुवा र धादिङमा जागरणसभा
त्रिशूली प्रवाह
२ महिना अगाडी

गल्छी । नेकपा (एमाले) का सचिव पदमा अर्यालले नेपाली जनताले फालेको राजतन्त्र फेरी फर्किन नसक्ने बताउनुभएको छ । नेकपा (एमाले) धादिङले सोमबार गल्छीमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै अर्यालले राजा फेरी सत्तामा आउने कुराको कल्पनासमेत गर्न नसकिने बताउनुभएको हो । उहाँले राजावादीले चैत १५ गते गरेको आन्दोलन अराजक र हिंसात्मक भएको भन्दै घटनाको घोर भत्र्सना गर्नुभयो ।

राजाको पालामा सिटामोल खान नपाएर नेपाली जनताले मृत्युवरण गर्नुपरेको तथ्य आम नागरिकले बुझ्नुपर्ने बताउनुभयो । सो सभालाई केन्द्रीय सदस्य खेमप्रसाद लोहनीले सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी पूर्वराजाको पछाडि सती जान खोजेको आरोप लगाउनुभयो । राजा चाहियो भनेर चैत १५ गते भएको आन्दोलनको जिम्मा पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने बताउनुभयो । यसैगरी कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष भूमिप्रसाद त्रिपाठीले अँध्यारो मन पराउने तत्वले देशमा भ्रमको खेती गरेर राजा चाहियो चाहियो भन्नु उज्यालो मन नपराउने भएको बताउनुभयो । इतिहास कहिल्यै नफर्कने भन्दै उहाँले राजा ल्याउँछु भन्नेहरू अँध्यारो मन पराउने भएको बताउनुभयो । चैत १५ गतेको आन्दोलनबाट राजाको शासन कस्तो हुन्छ भन्ने झल्को देखिएको बताउनुभयो ।

त्रिशूलीबजार । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राजतन्त्र विरूद्धको भण्डारफोर गर्दै गणतन्त्रको पक्षमा जागरण सन्देश दिन सोमबार देशैभरी जागरणसभा आयोजना गरेको थियो ।

एमाले केन्द्रीय कार्यालयको निर्देशनअनुसार जिल्ला कमिटिले सोमबार नुवाकोटको त्रिशूलीबजारमा गणतन्त्रका पक्षमा जागरणसभा र मोटरसाइकल र्‍याली सम्पन्न भएको थियो । सभालाई एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले सम्बोधन गर्नुहुँदै सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको विकल्प नरहेको बताउनुभयो । उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधि गम्भीर रहेको बताउँदै गणतन्त्रको विकल्प खोजेर राजतन्त्र ल्याउनेले नागरिकको अधिकार कटौती गरेर एकात्मक शासन पक्षपोषण गर्न खोजेको आरोप लगाउनुभयो ।

जिल्ला कमिटिका उपसचिव राजेन्द्र पाण्डेका अनुसार सभामा विदुर नगरपालिका र वरपरका पालिकाबाट मोटरसाइकल र्‍यालीसहित जनताको सहभागिता रहेको थियो । पार्टी सचिव शिव चित्रकारले सञ्चालन र उपाध्यक्ष राजेन्द्ररमण खनालले स्वागत मन्तव्य दिनुभएको सो सभामा पूर्व प्रतिनिधीसभा सदस्य तथा बागमती प्रदेश कमिटिका सदस्य नारायणप्रसाद खतिवडा, केन्द्रीय सदस्य बिन्दा ढुंगाना, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज केशवराज पाण्डेलगायतले राजतन्त्रका पक्षधरले चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा गरेको अराजक प्रदर्शनमा पत्रकार सुरेश रजकसहित दुई जनाको मृत्यु हुनु र आगजनी, तोडफोड र लुटपाटलाई दुर्भाग्यपूर्ण घटना भन्नुभयो ।


धुन्चे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रसुवाको आयोजनामा धुन्चेमा गणतन्त्रका लागि जागरणसभा सोमबार सम्पन्न भएको छ ।

एमाले केन्द्रीय कार्यालयको निर्देशनअनुसार सो दिन ७७ वटै जिल्लामा गणतन्त्रको पक्षमा जागरणसभा र मोटरसाइकल र्‍याली सम्पन्न भएको थियो । रसुवामा पनि सो दिन भएको सभामा केन्द्रीय सदस्य सोम मिश्रले सम्बोधन गर्दै अब राजा ज्ञानेन्द्र शाहले १५ गते जस्तो पुनः टाउको उठाए जेल पठाउने बताउनुभयो । हजारौंको रगत, पसिना र वलिदानले ल्याएको गणतन्त्र जोगाउन सबै गणतन्त्र पक्षधरले स–साना कुरा छाडेर राष्ट्रिय मुद्दामा लाग्न उहाँले अनुरोध समेत गर्नुभयो ।

सो सभामा केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज प्रेम तामाङले राजावादीबाट १५ गते जुन घटना घटाए त्यसलाई क्षमा दिन नसकिने प्रकारको घटना भएकोले पूर्वराजालाई राज्यले दिइरहेको सेवा, सुविधा र सम्मानलाई पुर्नविचार गर्न सरकारलाई आग्रह गनुृभयो । उहाँले गणतन्त्रका पक्षमा सबै जनजाति, आदिबासी, युवा, महिला, पुरूष सबै एकजुट हुनुपर्ने बताए । सो सभामा उक्त दलका जिल्ला तहका नेताले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह