+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
२ महिना अगाडी

ठेक्दारी दिक्दारी पेसा हुँदै गएको चाल नपाउने आजभोलि कोही नहोलान् । हिजोको सानमान भन्या त ‘सम्झने पानी छम्किने’ मात्र हो । अचेल न्वाँकोटतिर पत्रकारिता क्षेत्रमा पनि निर्माण व्यवसायमा हात हाल्ने ठेक्दारी प्रथा हावी हुँदा महासङ्घको जिल्ला शाखा नै धरापमा परेको त्रिनेत्रले चाल पाएको छ । अधिवेशन भको चार मैनामा केन्द्रलाई नवीकरण शुल्क नपठाउँदा नि’ धन्न ऐलेसम्म शाखा खारेजीमा नहुनु आसर्जे हैन त ? मेला, महोत्सव र खेल प्रतियोगिताका समाचार संयोजक ठेक्कामा जिम्मा लिन थालेपछि धेरै कार्जेक्रम व्यावसायिक पत्रकारले बहिष्कार गरेको म्यागङका आशा दाइले सोमबार मात्र थाहा पाए । त्यस्ता कार्यक्रमका समाचार प्रकाशन र प्रसारण गरेको रकम दिन्छु भने नि’ नदिई नदिई तड्पाएको नतिजा पत्रकारको प्रदेश निर्वाचनमा द्यौकोटा महोदयले सभापतिमा मकवानपुरे मगर ब्रोभन्दा पनि कम मत जिल्लाबाट पाएसि’ थाहा पाए कि कुन्नि ? पिपल्टार महोत्सवको हिसापकिताप नि’ डाँवाडोल पारेसि’ प्रकाशन गरेको सूचना, विज्ञापन र सम्चार भुक्तानी नदिनेको नाम सार्वजनिक गर्न त्रिनेत्रको पीडित पत्रकार बन्धुलाई निःशुल्क सुल्लाह छ है ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह