+
Search

ताजा अपडेट +

पपुलर +

झ्यालखाना जाने सडक निर्माण सुरू

झ्यालखाना जाने सडक निर्माण सुरू
त्रिशूली प्रवाह
२ महिना अगाडी

बट्टार । नुवाकोट जिल्ला, विदुर–६ चण्डीपोखरीमा रहेको केन्द्रीय कारागार पुग्ने सडक निर्माण गत हप्ताबाट सुरू भईरहेको छ । विदुर–५ स्थित बाँडाचौतारो हुँदै केन्द्रीय कारागारसम्म जाने सडक चौडा पार्दै नाली निर्माण गरी कालोपत्रे कार्य सुरू भएको हो ।

चण्डीपोखरीमा रहेको केन्द्रीय कारागारसम्म जाने सडकको कालोपत्रे मोटरबाटोको दुई हप्ता अगाडि शिलान्यास गरिएसँगै निर्माण कार्यले गति लिएको छ । विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले शिलान्यास गरी सुरू भएको यो सडक सघन शहरी तथा भवन निर्माण आयोजनामार्फत काम भईरहेको छ । सो योजनामा नालीसहित सडकका अन्य आधारभूत संरचना समेत निर्माण गरिने श्रेष्ठले बताउनुभयो । उहाँले स्थानीय उपभोक्तालाई निर्माण कार्य गुणस्तरीय भयो कि भएन निगरानी गर्न आग्रह गर्नुभयो । तोकिएको समय–सीमाभित्र गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्न आयोजनालाई उहाँले निर्देशन समेत दिनुभएको छ । विदुर नगरमा सघन शहरी तथा भवन निर्माण आयोजनामार्फत सञ्चालित ८ वटा योजनामध्ये केही सञ्चालनमा आइसकेका छन् भने बाँकी योजना छिट्टै कार्यान्वयन चरणमा लैजाने तयारी भईरहेको छ । कूल रू.१२ करोडको लागतमा निर्माण सुरू भएको यो सडक निर्माणसँगै केन्द्रीय कारागार नुवाकोट जान तथा सर्वसाधारणलाई आवतजावत गर्न सुविधा पुग्ने उपमेर प्रभा बोगटीले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह