स्याफ्रु र गत्लाङका आँखा शिविरमा २५० लाई सेवा

  • त्रिशूली प्रवाह
  • ३ बैशाख २०८२, बुधबार १६:४१

स्याफ्रुबेँसी । रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङ र गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीमा भएको आँखा शिविरबाट दुई सय ५० जनाले सेवा पाएका छन् ।

गत चैत २५ गते गत्लाङमा सामुदायिक आँखा केन्द्र धुन्चे शाखा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाको संयुक्त आयोजनामा सञ्चालित शिविरमा एक सय २२ जनाले सेवा लिएका थिए । जसमध्ये १४ जनालाई चस्मा लगाउनुपर्ने र ६ जनालाई मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको आँखा केन्द्रकी इन्चार्ज उर्मिला लामाले जानकारी दिइन् । त्यसैगरी, गत चैत २६ गते तिलगंगा आँखा प्रतिष्ठान र सामुदायिक आँखा केन्द्र धुन्चेको आयोजनामा गोसाइँकुण्ड गाउँपालिका स्वास्थ्य शाखा र स्याफ्रुबेँसी स्वास्थ्यचौकीको सहकार्यमा एकदिने शिविरमा आँखा जाँच गर्दा एक सय १८ जनाले सेवा लिए । जसमध्ये ३३ जनालाई दृष्टि सुधारका लागि चस्मा वितरण गरिएको थियो भने नौजनालाई मोतियाविन्दु देखिएपछि यही वैशाख ७ र ८ गते कालिकास्थानमा हुने शल्यक्रियासहितको शिविरमा उपचार हुने जानकारी केन्द्रका इन्चार्ज लामाले दिइन् । ६ जनालाई भने रेटिनाइटिससम्बन्धी शल्यक्रियाका लागि तिलगंगा आँखा प्रतिष्ठान काठमाडाँै रिफर गरिएको छ ।