केही दिनयता केही समूहको राजा फर्कने पर्चा र हिन्दुराष्ट्रको चर्चाले नागरिकको पारोमिटर चढेको थाहा नपाउने को होला र ? त्रास र आसमा सडक, सदन, चोक, चौतारो र सामाजिक सञ्जालका भित्ता यही विषयका पक्ष–विपक्षमा रङ्गिएका छन् । न्वाँकोटतिर भने यस हप्ता जात्राले जात्रै गरेको त्रिनेत्रले चाल नपाउने कुरै भएन । नयाँ सालको सुरुवात शुभकामना आदान–प्रदान गरेर धेरैले औपचारिकता पूरा गरेनि’ सिन्दूर जात्रा अव्यवस्थित र खर्च पारदर्शी नभएको कुरा वनदेवीदेखि भैरवीथानसम्म छ्याप्छ्याप्ती भएर जात्रा छ भन्या ! जात्रा चलाउन खर्चपर्च मालपोत, तौषीखानादेखि नजिकको सरकारले समेत खन्याए नि’ बाजा बजाउने, रथ बोक्ने र धामी–धमिनी डुलाउनेले ज्याला नपाको गनगन यस वर्ष नि’ छरपस्टै भाछ’ गाँठे । मठमन्दिरमा उठेको भेटी पस्पतिनाथदेखि दुप्चेसोरसम्मले पारदर्शी गरेनि’ भैरवी माताको भेटीमा डङ्गोल, जालपाको भेटीमा चित्रकार परिवारभित्र तैँ चुप मैँ चुप पो भो, अरे । स्थानीयवासी रमित हुने, जात्रापर्व सेनाले चलाइदिनुपर्ने । अनि हिसाबकिताबचाइँ…जय भैरवीमाताकी जय, जालपादेवीकी जय ।
प्रतिक्रिया