+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रपति रनिङ सिल्डमा तेक्वान्दोले विदुरलाई प्रथम बनायो

राष्ट्रपति रनिङ सिल्डमा तेक्वान्दोले विदुरलाई प्रथम बनायो
त्रिशूली प्रवाह
२ महिना अगाडी

विदुर । नुवाकोट जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा विदुर नगरपालिका पहिलो भएको छ । सोमबार सम्पन्न भएको प्रतियोगितामा १७ स्वर्ण जित्दै विदुर नगरपालिका पहिलो भएको हो । विदुर नगरपालिकाले पाएको १७ स्वर्णमध्ये १२ तेक्वान्दोबाट आएको हो भने एथलेटिक्सबाट तीन र कराँतेबाट दुई स्वर्ण जितेको हो । समग्रमा विदुरले १७ स्वर्ण पाँच रजत र १६ कांस्य प्राप्त गरेको हो ।

यस्तै, दोस्रो स्थानमा लिखु रह्यो । लिखुले १६ स्वर्ण १२ रजत र सात कांस्य जितेको हो । लिखुले सबैभन्दा बढी एथलेटिक्सबाट १४ स्वर्ण हात पारेको छ भने दुई स्वर्ण कबड्डीबाट थपेको हो । यस्तै, तेस्रो स्थानमा रहेको म्यागङले १० स्वर्ण आठ रजत र चार कांस्य हात पा¥यो । उसले कराँतेबाट ६ तथा भलिबल र एथलेटिक्सबाट समान दुई-दुई स्वर्ण हात पारेको हो । चौथो भएको सूर्यगढीले सात स्वर्ण, १७ रजत र ६ कांस्य हात पारेको छ । शिवपुरीले चार स्वर्ण, एक रजत र सात कांस्य पायो । यस्तै, पन्चकन्याले तीन रजत र सात कांस्य हात पा¥यो । यसैगरी, तादी गाउँपालिका तीन रजत र सात कांस्यसहित अन्तिममा रह्यो । प्रतियोगिताको विजेतालाई प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङलगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा नुवाकोटका नौ स्थानीय तहको सहभागिता रहेको थियो । जिल्ला खेलकुद विकास समितिको आयोजना र पञ्चकन्या गाउँपालिकाको व्यवस्थापनमा घ्याङस्वारामा सञ्चालन भएको प्रतियोगितामा चार सयभन्दा बढी खेलाडीको सहभागिता रहेको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा विदुर नगरबाट तेक्वान्दो खेलाडीको नेतृत्व गर्दै प्रमुख प्रशिक्षक श्रीकृष्ण श्रेष्ठ सहभागी थिए । प्रतियोगितामा तेक्वान्दो, कराँते, भलिबल, एथलेटिक्स र कबड्डी खेल खेलाइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह