+
Search

ताजा अपडेट +

पपुलर +

एमआई ब्रान्डको रेडमी मोबाइलमा दुई वर्षको वारेन्टी

एमआई ब्रान्डको रेडमी मोबाइलमा दुई वर्षको वारेन्टी
त्रिशूली प्रवाह
१ महिना अगाडी

विदुर । ‘खुसीको ग्यारेन्टी, दुई वर्षको वारेन्टी’ नाराका साथ रेडमी मोबाइल ए ५ सेट वैशाख ९ गते मंगलबारबाट नुवाकोटको बजारमा आएको छ । नेपालका लागि नेसनल डिस्ट्रब्युटर्स टेली डाइरेट प्रा.लि.अन्तर्गत नुवाकोट र रसुवा जिल्लाको आधिकारिक बिक्रेता (डिलर) लिजा मोबाइल सेन्टर बट्टारले रेडमी मोबाइल ए ५ बजारमा सार्वजनिक गरेको हो ।

नुवाकोटमा रहेका मोबाइल व्यवसायीबिच कम्पनीका प्रतिनिधि राम महर्जनको उपस्थितिमा लिजा मोबाइल सेन्टरका सञ्चालक गोकुल श्रेष्ठले केक काटेर रेडमीको ए ५ सेट लन्च गरेका थिए । नेपालमै पहिलोपटक ‘एमआई’ ब्रान्डले आफ्नो मोबाइल सेटमा दुई वर्षको वारेन्टीसहित ग्राहकलाई धेरै सुविधा ल्याएको लिजाका सञ्चालक श्रेष्ठले जानकारी दिए । नेपालमै सबैभन्दा धेरै बिक्री हुने यो ब्रान्ड (रेडमी) को मोबाइलमा थप अन्य धेरै सुविधासहितको सहुलियत शुल्कमा आकर्षक मोबाइल कम्पनीले बजारमा ल्याएको श्रेष्ठको दाबी छ । ‘हामीले ग्राहकको चाहनाअनुसारको सेवा, सुविधा थप विस्तारसहितका मोबाइल सेट उपलब्ध गराउँदै आइरहेको छौँ,’ उनले भने, ‘दुई वर्षको वारेन्टीसहित ल्याएको रेडमी मोबाइल ए ५ ले धेरै उपभोक्ताको विश्वास जित्ने आशा छ ।’ रेडमी ए ५ सेट तीन रंग कालो, निलो र गोल्डेन कलरमा उपलब्ध भएकाले अहिलेका युवा पुस्तादेखि सबैको लागि रोजाइमा पर्ने विश्वास लिइएको छ । तीनवटै कलरको नयाँ सेट मंगलबारबाट एमआई ब्रान्डले नुवाकोटका आधिकारिक बिक्रेता लिजामार्फत जिल्लाभर सहजै उपलब्ध गराएको छ ।

मोबाइलको बिक्रीसहित यसका सम्पूर्ण पार्टस् नुवाकोट जिल्लाभर नै उपलब्ध हुने हुँदा ग्राहकलाई मोबाइल खरिद र खरिदपश्चात् पनि दिगो रूपमा कुनै समस्या हुन नदिने लिजाका सञ्चालक श्रेष्ठले विश्वास दिलाएका छन् । रेडमी ए ५ सेटमा ३२ मेगा पिक्सलको क्यामेरा रहेको छ । ३-६४ जिबी मोबाइल सेटको मूल्य रु. १० हजार नौ सय ९९ र ४-१२८ जिबी सेटको मूल्य रु. ११ हजार नौ सय ९९ तोकिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह