बट्टार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटले पालिका अधिवेशन सुरु गरेको छ । जिल्लाका १२ वटा पालिकामध्ये विदुर नगरपालिकाको पहिलो अधिवेशन रास्वपाले गत महिनाको शनिबार सम्पन्न गरेको छ । अधिवेशनले तदर्थ कमिटीका संयोजकमा भरतबहादुर थापामगरलाई सर्वसम्मत सभापतिमा चयन गरेको छ । नगर सभापतिमा थापामगरसहित उसनमान श्रेष्ठ, राम खतिवडा र राजुप्रसाद रिमालले दाबी गरेका थिए ।
अधिवेशनबाट उपसभापतिसहित कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन संयोजक शिव थापाले जानकारी दिए । उनले दिएको जानकारीअनुसार समितिको उपसभापतिमा राम खतिवडा, सचिवमा राजुप्रसाद रिमाल, सहसचिवमा ईश्वरकुमार डङ्गोल र सदस्यमा पविन पौडेल, राजकुमार रिमाल, रामप्रसाद खनाल, चक्रबहादुर कार्की, इन्दिरा श्रेष्ठ, सुचिता जोशी, उषा डङ्गोल, नारायणप्रसाद नेपाल निर्वाचित भएका छन् । त्यस्तै, समितिले जिल्ला प्रतिनिधिमा दीपक रिजाल, विमल खड्का, रूपेशसिंह राजपुत र सविना राई पनेरूलाई निर्वाचित गरेको छ । अधिवेशनले महाधिवेशन प्रतिनिधिमा सुमनविक्रम पाण्डे, कमला रावल, प्रदेश प्रतिनिधिमा जोनी जे.के. र उसनमान श्रेष्ठलाई चयन गरेको छ ।
अधिवेशनको उद्घाटन रास्वपाका केन्द्रीय कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले गरेको कार्यक्रममा केन्द्रीय सदस्य रामकृष्ण भट्टराई, बागमती प्रदेश सभापति डा. अच्युतम लामिछाने, बागमती प्रदेशका महामन्त्री सुरेन्द्र भट्ट, गत २०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर-२ का प्रत्याशी उम्मेदवार सुमनविक्रम पाण्डे, जिल्ला सभापति रामेश्वर गजुरेललगायतको उपस्थिति रहेको थियो । जिल्लामा विदुरबाट सुरु भएको पालिका अधिवेशन १२ वटै पालिकाको गर्ने तालिका रहेको जिल्ला सभापति गजुरेलले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।
प्रतिक्रिया