+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय परिचयपत्र पालिकाबाट वितरण

राष्ट्रिय परिचयपत्र पालिकाबाट वितरण
त्रिशूली प्रवाह
१ महिना अगाडी

धुन्चे । रसुवा जिल्ला प्रशासन कार्यालयले वैशाख २ गतेदेखि राष्ट्रिय परिचयपत्रको कार्ड पालिकाबाट वितरण सुरु गरेको छ । राष्ट्रिय परिचयपत्र विवरण भरेका रसुवावासीले सम्बन्धित पालिकाबाटै कार्ड लिने व्यवस्था मिलाइएको कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रिय परिचयपत्र कार्ड पालिकाबाट वितरण गरिए पनि विवरण सङ्कलन कार्य भने जिल्ला प्रशासन कार्यालयबाट मात्र भइरहेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार जिल्ला प्रशासन कार्यालय रसुवाको समन्वय तथा सहजीकरणपश्चात् राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट गत चैत २९ र ३० गते जिल्लास्थित पाँचवटै स्थानीय तहमा कार्यरत एमआइएस अपरेटर र सूचना प्रविधि अधिकृतलाई राष्ट्रिय परिचयपत्र विवरणसम्बन्धी अभिमुखीकरणसहितको तालिम दिएपश्चात् स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरणका लागि सम्बन्धित स्थानीय तहमा पठाइएको बताए । गत मंगलबारबाट सम्बन्धित पाँचवटै पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण भइरहेको हुँदा सक्कल नेपाली नागरिकताको प्रमाणपत्र र परिचयपत्रको आवेदन फर्मसहित स्वयम् व्यक्ति उपस्थित हुन कार्यालयले जानकारी गराएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह