+
Search

ताजा अपडेट +

पपुलर +

आदिवासी जनजाति महासङ्घ किस्पाङको अध्यक्षमा घले

आदिवासी जनजाति महासङ्घ किस्पाङको अध्यक्षमा घले
त्रिशूली प्रवाह
१ साल अगाडी

काहुले । नेपाल आदिवासी जनजाति महासङ्घ गाउँपालिका समन्वय परिषद् (नेफिन) किस्पाङको प्रथम अधिवेशन गत हप्ता सम्पन्न भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

अधिवेशनबाट आइद घलेको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । उक्त कार्यसमितिमा विधानअनुसार चारजना उपाध्यक्षमा क्रमशः जयबहादुर तामाङ, मीनमाया तामाङ, एकराज घले, रजिना तामाङ, सचिवमा पन्चबहादुर तामाङ, चारजना सहसचिवमा क्रमशः प्रेममाया तामाङ, कमला तामाङ, सोनासिं तामाङ, आइत घले, कोषाध्यक्षमा अञ्जना तामाङ र सदस्यमा मेसी लामा, चोक्ता तामाङ, सिंगामाया तामाङ, लोकबहादुर तामाङ, तुलमाया तामाङ, अनुशा तामाङ, डिलबहादुर तामाङ, सुब्बाबहादुर घले, निरुता तामाङ सर्वसम्मत चयन भएका छन् । एक सदस्य भने कार्यसमितिको बैठकले थप गर्ने जानकारी दिएको छ । तदर्थ समितिका संयोजक तथा संस्थापक अध्यक्ष मोतीमाया तामाङको सभाध्यक्षमा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् (नेफिन) नुवाकोट अध्यक्ष तथा नेफिन बागमती प्रदेश सचिवालय समितिका सदस्य भगवान रानामगर, जिल्ला समन्वय समिति नुवाकोटका सदस्य धनमाया विक, किस्पाङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर शाही, किस्पाङ गाउँपालिका-३ का कार्यवाहक वडाध्यक्ष जयबहादुर तामाङलगायतको उपस्थिति रहेको थियो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह