+
Search

ताजा अपडेट +

पपुलर +

ग्रामीण बस्तीमा सञ्चारको पहुँच पुर्याइने छ : सञ्चारमन्त्री गुरुङ

ग्रामीण बस्तीमा सञ्चारको पहुँच पुर्याइने छ : सञ्चारमन्त्री गुरुङ
त्रिशूली प्रवाह
१ महिना अगाडी

धुन्चे । रसुवा जिल्लामा वैशाख ३ देखि ६ गतेसम्म भएको ३०औँ वन्यजन्तु सप्ताह, रेडपाण्डा ट्रफी तथा चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव २०८२ को शनिबार धुन्चेमा समापन भएको छ । सो कार्यक्रमका लागि रसुवा आएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्लाका २७ वडामा टेलिफोन सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

आजको युग सञ्चारको युग भएकाले रसुवाको दूरदराजमा रहेका ग्रामीण बस्तीमा सञ्चारको पहुँच पुर्याउन आफूले भरपूर सहयोग गर्नेसमेत बताए । जिल्लाको उच्च भेगमा रहेको प्रमुख पर्यटकीय क्षेत्र गोसाइँकुण्ड र लाङटाङमा समेत बिजुली र मोबाइल सेवा पुगिसकेको छ । गोसाइँकुण्ड गाउँपालिका, लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय र लाङटाङ क्षेत्र सरोकार समाजको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमको उद्घाटन गत हप्ता वन तथा वातावरण राज्यमन्त्री रूपा विकले गरेकी थिइन् । उक्त कार्यक्रम जिल्लामा जैविक विविधता संरक्षण, वन्यजन्तुको संरक्षण, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले गरिएको आयोजकले जनाएको छ । रसुवा जिल्ला कला, संस्कृति, वेशभूषामा समेत धनी रहेकाले यसको जगेर्ना र प्रचार–प्रसार गर्न गोसाइँकुण्ड गाउँपालिका लागिरहेको अध्यक्ष कैसाङनुर्पु तामाङले बताए ।

नयाँ वर्ष २०८२ लाई स्वागत गर्दै आयोजित सो कार्यक्रमले पर्यटन प्रवद्र्धनमा उचाइ लिने अपेक्षा गरिएको छ । विश्वको लोपोन्मुख वन्यजन्तुमा सूचीकृत रेडपाण्डा रसुवाको गोसाइँकुण्ड क्षेत्रमा भेटिएको हो । लोपोन्मुख वन्यजन्तुको संरक्षण र प्रचारप्रसारमा निकुञ्जले स्थानीय तह र स्थानीयवासीसँगको सहकार्यमा काम गरिरहेको निकुञ्जका प्रमुख श्यामकुमार साहले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह