+
Search

ताजा अपडेट +

पपुलर +

बढी कर तिर्ने ६ सहकारी सम्मानित

बढी कर तिर्ने ६ सहकारी सम्मानित
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । विदुर नगरपालिका सहकारी शाखाले नगरभित्र कार्यक्षेत्र रहेका सहकारी संस्थामध्येबाट आ.व. २०८०/०८१ को लेखा परीक्षण प्रतिवेदनको आधारमा उत्कृष्ट कारोबार गर्ने र नगरलाई बढी कर तिर्ने ६ वटा सहकारीलाई सोमबार सम्मान गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

सहकारी दिवसको अवसरमा नगरपालिकाले उत्कृष्ट सहकारीलाई सम्मान गर्ने घोषणाअनुसार नगरभित्रका एक सय १४ सहकारीमध्ये कृषि सहकारी एक, बचत तथा ऋण सहकारी दुई, उपभोक्ता सहकारी एक, बहुउद्देश्यीय सहकारी दुईवटालाई सम्मान गरेको सहकारी शाखा प्रमुख नानीमैया नेपालले जानकारी दिइन् । सम्मानित हुने सहकारीमा अजम्बरी साना किसान कृषि सहकारी संस्था लि. विदुर–११, ग्लोबल उपभोक्ता सहकारी संस्था लि. विदुर–४, सारथि बचत तथा ऋण सहकारी संस्था लि. विदुर–९, लायन बचत तथा ऋण सहकारी संस्था लि. विदुर–२, सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि. विदुर–९ र बट्टार सहकारी संस्था लि. विदुर–४ रहेका छन् ।

Suzuki New Bike & Scooter

सो अवसरमा सहकारीको वर्तमान अवस्थाबारे अन्तक्रियासमेत गरिएको थियो । उत्कृष्ट कारोबार गर्ने सहकारी छनोट समिति उपप्रमुख प्रभा बोगटी अध्यक्ष र वडा नम्बर १ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक लेनिन रञ्जित, योजना अधिकृत हरिप्रसाद प्याकुरेल, वडा नं.९ का अध्यक्ष हरिराम भण्डारी, वडा नं. ११ का अध्यक्ष बाबुराम तामाङ सदस्य रहेका छन् । कार्यक्रममा उपप्रमुख बोगटी, वडाध्यक्षलगायत सहकारीका अध्यक्ष, व्यवस्थापकको उपस्थितिमा सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह