+
Search

ताजा अपडेट +

पपुलर +

एमाले शिक्षक सङ्गठनको अध्यक्षमा दवाडी

एमाले शिक्षक सङ्गठनको अध्यक्षमा दवाडी
त्रिशूली प्रवाह
१ महिना अगाडी

विदुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) समर्थक शिक्षकको सङ्गठन नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नुवाकोटको गत हप्ता सम्पन्न चौधौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा राजेन्द्र दवाडी निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित दवाडी विदुर-१ मा रहेको त्रिभुवन त्रिशूली मावि त्रिशूलीका सहायक प्रधानाध्यापक हुन् ।

अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, महिला उपाध्यक्षमा सुमित्रा पौडेल, सचिवमा हरिप्रसाद लामिछाने, सहसचिवमा दुर्गा भट्ट, कोषाध्यक्षमा दयाराम दाहाल र सहकोषाध्यक्षमा लक्ष्मी लामा चयन भएको जानकारी निर्वाचन समितिले दिएको छ । नुवाकोट जिल्लामा शिक्षक सङ्गठनमा झन्डै एक हजारभन्दा बढी शिक्षक रहेका छन् । नवनिर्वाचित अध्यक्ष दवाडीले शिक्षकको हकहितका साथ जिल्लामा गुणस्तरीय शिक्षाको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह