धुन्चे । रसुवा जिल्लामा नयाँ वर्षको दिन सम्पन्न राष्ट्रिय सङ्गीतकर्मी सङ्घ रसुवाको चौथो जिल्ला अधिवेशनबाट अध्यक्षतामा सुमन घलेसहित १५ जनाको कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
गोसाइँकुण्ड गाउँपालिका प्रमुख कैसाङनुर्पु तामाङको उपस्थितिमा स्याफ्रुबेँसीबजारमा भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कान्छा लामा तामाङ, प्रथम उपाध्यक्षमा पाल्मो तामाङ, उपाध्यक्षमा राम तामाङ, महिला उपाध्यक्षमा कारसाङ डोल्मा तामाङ, सचिवमा डोल्मा लोप्चन र बुद्धिमाया तामाङ, सहसचिवमा शान्तिकुमारी घले, कोषाध्यक्षमा पासाङ फेल्मो तामाङ, सहकोषाध्यक्षमा म्हेन्दो घले र प्रवक्तामा घनबहादुर तामाङ चयन भएको निवर्तमान अध्यक्ष पाराङमा लामाले जानकारी दिए । त्यसैगरी, कार्यसमिति सदस्यमा संगम तामाङ, ल्हावङ मेन्दो तामाङ, छेवाङ सेनाम तामाङ निर्वाचित भएका छन् ।
प्रतिक्रिया