बट्टार । एसियन लाईफ इन्स्योरेन्स नुवाकोट शाखाले बीमावापतको दावी रकम गत बुधबार विदुर नगरपालिका वडा नम्बर १० भैँसेका ईश्वर श्रेष्ठका परिवारलाई भुक्तानी गरेको छ ।
विदुरमा आयोजित एक कार्यक्रमबिच नुवाकोट शाखा प्रमुख मुकुन्द कोइरालाले मृतकका श्रीमती बनिता श्रेष्ठलाई रू.१० लाख ८२ हजार छ सय ७१ दाबी भुक्तानी रकम हस्तान्तरण गर्नुभएको थियो । स्वर्गीय श्रेष्ठले एसियन लाईफको नुवाकोट शाखाबाट करिव चार वर्षअघि रू.पाँच लाखको बीमा योजना खरिद गरी वार्षिक रू.३७ हजार चार सय ७३ जम्मा गर्दै आउनुभएको थियो । बीमा रकम भुक्तानी दिँदै शाखा प्रमुख कोइरालाले बीमितलाई समयमा नै दाबी भुक्तानी गर्नु कम्पनीको दायित्व भएकोले भुक्तानी गरिएको जानकारी दिनुभयो । बीमा दाबी भुक्तानी प्रक्रिया भन्झटिलो र ढिला सुस्ती हुने आम जनमानसमा रहेको भ्रम चिर्नुपर्ने र सरल किसिमले समयमा दाबी भुक्तानी हुँदा बीमाप्रति जनविश्वास बढ्ने उहाँले बताउनुभयो । गत चैत्र १० गते घाँस काट्न जाने क्रममा भिरबाट लडेर श्रेष्ठको मृत्यु भएको थियो ।
प्रतिक्रिया