विदुर । विदुर नगरपालिकाका सहयोगमा सचेतन सामुदायिक सिकाई केन्द्रले सञ्चालन गरेको आधारभुत मौरीपालन व्यावसायिक तालिम शनिबार सम्पन्न भएको छ । यही वैंशाख ११ देखि १३ गतेसम्म यहाँ सञ्चालित तिनदिने निःशुल्क तालिममा नगरपालिकाका १९ कर्मचारी सहभागी रहेको केन्द्रले जनाएको छ । तालिम सञ्चालन नगरपालिका, शिक्षा शाखाका शाखा अधिकृत नवराज सापकोटाका उपस्थितिमा भएको थियो ।
तालिम समापनका अवसरमा आयोजित समारोहमा तालिममा सहभागी विदुर-३ का अर्जुनप्रसाद अर्यालले तालिम उपयोगी रहेको बताउनुभयो । समापन समारोहमा नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, विदुर-४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल, सिकाइ केन्द्रका अध्यक्ष कृष्णप्रसाद दाहाल, समाज केन्द्रका अध्यक्ष हरिबहादुर चित्रकार, सामाजिक अभियानकर्मी रामशरण बोगटी, बिना खाती, रमादेवी श्रेष्ठ, अमृतबहादुर बोगटी, भरतबहादुर खाती, हरिप्रसाद प्याकुरेललगायतको सहभागिता थियो ।
प्रतिक्रिया