+
Search

ताजा अपडेट +

पपुलर +

दन्त उपचार शिविरमा ६ सयको उपचार

दन्त उपचार शिविरमा ६ सयको उपचार
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । रसुवा ट्रेक एन्ड ट्राभल र कालिका गाउँपालिकाको आयोजना तथा अस्ट्रेलियास्थित सेटप संस्थाको सहयोगमा रसुवाको जिबजिबेमा गत हप्ता आयोजित निःशुल्क दन्त स्वास्थ्य शिविरबाट ६ सय आठ जनाले उपचार सेवा पाएका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

शिविरमा आएका आठ सय ५० जनामध्ये दाँतको दुखाइ तथा हल्लिने, गिजा सुन्निएका ६ सय आठजनाको समस्या समाधान गरिएको वरिष्ठ दन्त सहायक राजेन्द्र रानाले बताए । सोमध्ये चार सयजनालाई प्वाल परेको दाँत भरिएको, एक सय ५० जनाको फुकालिएको, ५० जनाको परीक्षण र तीन सयजनामा उपचार गरिएको आयोजक संस्थाले जनाएको छ । विपन्न ग्रामीण समुदाय माझ विविध प्रकारका सेवा पु¥याई समुन्नत समाज निर्माणमा सहयोग पु¥याउने पवित्र उद्देश्यका साथ दाताको खोजी गरी विगत लामो समयदेखि जिबजिबेको सरोफेरो क्षेत्रका स्वास्थ्य र शिक्षामा विशेष सहयोग गर्दै आएको रसुवा ट्रेकका प्रबन्ध–निर्देशक बलराम न्यौपानेले बताए । शिविरमा डा. मजुम प्रधानको नेतृत्वमा सम्पन्न निःशुल्क दन्त उपचार शिविरमा डा. स्कृति राणा र वरिष्ठ दन्त सहायक राजेन्द्र रानाले सेवा दिएका थिए । सो अवसरमा यस्तै दन्त उपचार शिविरको साथसाथै स्थानीय विद्यालयलाई समेत शैक्षिक सामग्री वितरण गरिएको छ ।

Suzuki New Bike & Scooter

सो अवसरमा सेटप संस्था अस्ट्रेलियाका अध्यक्ष ब्रि पार्करले बेताङ प्राविलाई रु. ४० हजार नगद, ज्याङलाङ आधारभूत प्राविमा अङ्ग्रेजी शिक्षाको शिक्षक व्यवस्थापनका लागि एक वर्षको तलब सहयोग रु. चार लाख २० हजार, जिल्लाकै पहिलो कृषि विद्यालय गोसाइँकुण्ड मावि सरसिउका लागि च्याउखेती गराउन रु. तीन लाख ५० हजारका साथै सोही विद्यालयको घेराबारका लागि रु. पाँच लाख प्रदान गरेका थिए । स्थानीय कलाको संरक्षण गराउँदै भावी पुस्तासम्म जीवन्त राख्न हस्तकला तालिमका २० प्रशिक्षार्र्थी उत्पादनका लागि रु. दुई लाखसमेत सहयोग गरिएको थियो । ट्राभलका सञ्चालक न्यौपानेको पहल र अस्ट्रेलियाका दाता संस्थाको सहयोगमा विगत लामो समयदेखि यस भेगका विद्यालय तथा स्वास्थ्य संस्थाले समयसाक्षेप विविध प्रकारका सहयोग पाइरहेको कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए ।

ज्येष्ठ नागरिकलाई कृत्रिम दाँत

रसुवा अस्पतालले जिल्लाका ज्येष्ठ नागरिकलाई परिचयपत्रको आधारमा कृत्रिम दात निःशुल्क राख्न सुरू गरेको छ । गत हप्तादेखि अस्पतालले दूर–दराजमा रहेका वृद्धवृद्धाको सहजताका लागि ६५ वर्षमाथिका जेष्ठ नागरिकको लागि पुर्ण तथा आंशिक कृत्रिम दात (पुर्ण दन्तपङ्ती) हटाउन मिल्ने (आंशिक दन्तपङ्ती) निःशुल्क उपचारका लागि कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

अस्पतालका दन्त चिकित्सक डाक्टर सुनिशा महर्जनका अनुसार यो सेवा चालु आवको असार मसान्तसम्म रहने छ । पुर्ण दन्तपङ्ती वा हटाउन मिल्ने आंशिक दन्तपङ्ती भन्नाले मुखमा उमेरको कारणले सबै दात झरेका वा केही दात हराएका अवस्था प्रयोगमा ल्याईने कृत्रिम दात हो । ज्येष्ठ नागरिकलाई यो अवसरको फाईदा लिनको लागि आफ्नो परिचय खुल्ने नागरिकता वा जेष्ठ नागरिक कार्ड लिएर अस्पतालमा सेवा लिन आउन डाक्टर महर्जनले अनुरोध गर्नुभएको छ । यो सेवा अस्पतालले नियमित उपचारको समयमा गर्ने गरेको छ । कृत्रिम दातको प्रयोगले कुनै असहज नभई वृद्धवृद्धाले स्पष्ट बोल्न र चपाउन सहज भई आफूले मन लागेको खानेकुरा खान सक्ने समेत बताईएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह