+
Search

ताजा अपडेट +

पपुलर +

महिलालाई क्षमता विकास तालिम

महिलालाई क्षमता विकास तालिम
त्रिशूली प्रवाह
१ साल अगाडी

उत्तरगया । टेवा नेपाल र उत्तरगया गाउँपालिकाको आर्थिक सहयोग, स्वयकस नेपालको आयोजनामा उत्तरगया गाउँपालिका–५ खाल्टेमा महिलाका लागि क्षमता विकास तालिम शुक्रबार सम्पन्न भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

वैंशाख ९ देखि १२ गतेसम्म उत्तरगया-५ खाल्टेमा सम्पन्न तालिममा पुष्कर शर्मा रिमाल, उत्तरगया गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहाल, कानुन व्यवसायी गरिमा पाण्डे, पालिकाका योजना शाखा प्रमुख रामकृष्ण न्यौपानेले प्रशिक्षण गर्नुभएको थियो । स्वयकस नेपालकी गायत्री लामिछानेले सहजीकरण गर्नुभएको तालिममा सामुदायिक सुरक्षा जालो, कार्यपालिका सदस्य, वडाका निर्वाचित महिला तथा दलित सदस्य र अगुवाहरू गरी ३३ जनाको सहभागिता रहेको थियो । स्थानीय तहको योजना तर्जुमा, १६औं पञ्चवर्षिय योजनामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी रणनीति, नेतृत्व विकास, सार्वजनिक अभिव्यक्ति कला, उद्घोषण कला, नागरिक बडापत्र, नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन तथा अन्य कानुनमा महिला अधिकारसम्बन्धी व्यवस्था, स्थानीय तहमा प्रदान गर्ने सेवा, सुविधा र त्यसलाई प्राप्त गर्नको लागि आवश्यक प्रक्रिया विषयमा तालिमम प्रशिक्षण गराइएको थियो ।

Suzuki New Bike & Scooter

१६औं योजनाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका सवाल, चुनौती र त्यसलाई सामना गर्नका लागि व्यवस्था गरेको कार्यक्रम तथा योजनाबारे विस्तृत छलफल भएको आयोजक संस्थाले जानकारी दिएको छ । समापन कार्यक्रममा उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल, उपाध्यक्ष चमेली गुरूङ, टेवाका अनुगमन अधिकृत मुना पोखरेल, सहभागी तर्फबाट ईश्वरी थापामगर र कमला थापा तथा सहजकर्ता रिमालले तालिमको महत्त्वको बारेमा बोल्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह