+
Search

ताजा अपडेट +

पपुलर +

सूचना तथा सञ्चार प्रविधि दिवसमा रक्तदान

सूचना तथा सञ्चार प्रविधि दिवसमा रक्तदान
त्रिशूली प्रवाह
१ महिना अगाडी

विदुर । ‘सूचना प्रविधिको अभियान डिजिटल नेपालको निर्माण’ भन्ने नाराकासाथ नुवाकोटमा आठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रबार विदुरमा रक्तदान कार्यक्रम भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ नुवाकोटको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा २७ जना पुरूष र तीन जना महिलाले रक्तदान गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटी नुवाकोटद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग तथा स्थानीय विभिन्न संघ-संस्थाको समन्वयमा रक्तदान गरिएको क्यान महासंघ नुवाकोटका अध्यक्ष नारायणकुमार घलेले बताउनुभयो । रगतको अभावलाई सहयोग पुर्याउन र युवापुस्तालाई रक्तदानप्रति आकर्षित गराउने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । सो कार्यक्रममा रेडक्रस सोसाइटी नुवाकोटका कार्यबाहक सभापति उद्धव शर्मा रिजालले जिल्लामा वर्षेनी रगत माग बढ्दै गएपनि रक्तदाताको सङ्ख्या भने त्यसको अनुपातमा बढ्न नसकेकोले रक्तदान नै व्यापक गराउन व्यवसायी संघ-संस्था र नागरिकले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले रक्तदान कार्यक्रम गरेर सामाजिक संघ-संस्थाले रगतको अभाग टार्न खेलेको भुमिकाको प्रशंसनीय रहेकोले यस्ता कार्य अन्य संघ-संस्थाले पनि गर्न आवश्यक रहेको उहाँले बताए । सूचना तथा सञ्चार प्रविधिको प्रचार-प्रसार, समावेशी प्रयोग र डिजिटल सशक्तिकरणलाई प्रर्वद्धन गर्ने उद्देश्यले हरेक वर्षको ‘मे २’ तारिखमा यो दिवस मनाउने गरिन्छ । यो दिवसलाई नेपाल सरकारले २०७४ साल वैंशाख १९ गतेको मन्त्रिपरिषद् बैठकमार्फत राष्ट्रिय दिवसको मान्यता दिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह