+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा लायन्सका चार नयाँ क्लब

नुवाकोटमा लायन्सका चार नयाँ क्लब
त्रिशूली प्रवाह
१ महिना अगाडी

बट्टार । लायन्स क्लब अफ नुवाकोट क्यापिटलको आयोजनामा नुवाकोटमा नयाँ खुलेका चारवटा क्लबको चार्टर हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । लायन्स क्लब अफ नुवाकोट आदर्श, लायन्स क्लब अफ नुवाकोट बाराही, लायन्स क्लब अफ नुवाकोट इन्द्रायणी र लायन्स क्लब अफ नुवाकोट सम्पदाको चार्टर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको जानकारी लायन अनुजकुमार श्रेष्ठले दिए ।

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आई नेपालका गभर्नर लायन विनोद ढुङ्गानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा डिस्ट्रिक्ट फस्र्ट लेडी बद्रिका ढुङ्गाना, फस्र्ट भिडिजी लायन पार्वती खरेल पाण्डे तथा सेकेन्ड भिडिजी लायन सूर्यकुमार केसी, पिआरओ चिफ विष्णु भण्डारी, चिफ एड्भाइजर जनार्दन फुयाँल, डिस्ट्रिक्ट एक्ज्युकेटिभ राजु चालिसे र पदमलाल सापकोटा, डिस्ट्रिक्ट कोर्डिनेटर अनुजकुमार श्रेष्ठलगायत डिस्ट्रिक्टका सिनियर लिडरलगायतको उपस्थिति थियो । सो अवसरमा वैशाख २७ गते नुवाकोटको बट्टारबजारमा हुने लायन्स इन्टरनेसन डिस्ट्रिक ३२५ आई नेपालको चौथो क्याबिनेट बैठकको लोगोसमेत सार्वजनिक गरिएको थियोे । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण हुने लायन्स क्लबको क्याबिनेट बैठकमा देशभरिबाट सात सयभन्दा बढी लायन्स लिडर आउने सो अवसरमा जानकारी गराइएको थियो । नुवाकोटमा पहिलोपटक हुन लागेको बैठकको तयारी तीव्र रूपमा भइरहेको लायन्स क्लब अफ नुवाकोट इन्द्रायणीका अध्यक्ष सञ्जीव थपलियाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह