+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
११ महिना अगाडी

गाँडतन्त्र देशले थेग्न नसक्ने बहस चलिरहेका बखताँ सङ्घीयताको खाँबो भनिएका स्थानीय तहले आर्थिक पारदर्शितालाई ख्याल नगर्दा बेवस्था उल्टाउने समूहलाई मलजल पुगेको छर्लङ्गै छ भन्या’ । यसै मेसोमा न्वाँकोटका स्थानीय सरकारका बेरुजु र आर्थिक बेथितिको भो नकुरा गरौँ । म्यागङको खाजा र भातको बिलको बेरुजु अझै नसकिँदा चिफ मिनिस्टरलाई निद्रा नलागेको तिनआँखेले देखिहाल्यो । आजभोलि पालिकातिर अनुगमन र भुक्तानीको सिजन चल्या’ बेलाँ बिचरा जनप्रतिनिधिलाई भ्याइनभ्याइ भइरहेको त्रिनेत्रले था’ नपाउने कुरै भएन । अनुगमनकै लागि अनुगमन गर्ने प्रवृत्तिले योजनाको दिगोपन र गुणस्तरीयता के-कति भो’ तिनै विश्वसर्वज्ञ जानून् । कर्मचारी जसो-जसो भन्छन्, कार्जेकर्ताको मुख हेरेर उसै-उसै स्वाहा भन्नुबाहेक ती बबुराले के गरून् त ! अनुगमन के-कसो भो, उनैले जानून्, गाँठी कुरा सत्ताको मूल तत्व भात-भत्ता सुनिश्चित गरिदिएसि’ प्राविधिकलाई हाइसन्चो, क्या बात छ !

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह