+
Search

ताजा अपडेट +

पपुलर +

नेफिन लिखुको अध्यक्षमा भोलाचन्द्र

नेफिन लिखुको अध्यक्षमा भोलाचन्द्र
त्रिशूली प्रवाह
१ साल अगाडी

चौघडा । नेपाल आदिवासी जनजाति महासङ्घ गाउँपालिका समन्वय परिषद् (नेफिन) लिखु नुवाकोटको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार लिखु गाउँपालिका–४ क्षेत्रपाल नमुना क्याम्पसको सभाहलमा भएको अधिवेशनबाट भोलाचन्द्र राई अध्यक्ष रहेको १७ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

निर्वाचन समितिका संयोजक भगवान रानामगरले दिएको जानकारीअनुसार चार उपाध्यक्षमा क्रमशः विकास पुलामीमगर, डोलनारायण श्रेष्ठ, टलकमान घले, मखमली राई, सचिवमा रविना श्रेष्ठ (राई), चार सहसचिवमा क्रमशः विमला तामाङ, लक्ष्मी राई, विना राई, समिता राई, कोषाध्यक्षमा पूर्णबहादुर राई र सदस्यमा जानुका थापामगर, प्रताप भुजेल, विष्णु राई, रामबाबु तामाङ, धीरज राई, लालबहादुर तामाङ निर्वाचित भएका छन् । विधानअनुसार वडा नं. १ र ६ बाट २ सदस्यीय मनोनीत गर्न कार्यसमितिलाई जिम्मेवारी दिएको छ । अधिवेशनको उद्घाटन कार्यक्रममा लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ, नेफिन नुवाकोटका अध्यक्ष तथा बागमती प्रदेश समितिका सचिवालय सदस्य भगवान रानामगरलगायतको उपस्थिति रहेको थियो । नेपालका प्रथम सहिद क्याप्टेन लखन थापामगरलगायत विभिन्न अधिकार प्राप्ति आन्दोलनमा सहिद भएका सम्पूर्णको स्मृतिमा केन्द्रीय सङ्ग्रहालय भवन बनाउन जग्गा खरिद गर्ने राष्ट्रियस्तरको अभियानमा नुवाकोटबाट पनि सहयोग सङ्कलन भइरहेको जानकारी सो अवसरमा गराइएको थियो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह