चितवन । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले फिल्डमा काम गर्ने कर्मचारीलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि प्रशिक्षण तालिम सम्पन्न गरेको छ ।
चितवनमा सम्पन्न तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले कर्मचारीको सुझाव तथा गुनासो सम्बोधन गर्दै वर्तमान अवस्थामा देखिएका सम्भावित जोखिमलाई सहज र दिगो ढङ्गले व्यवस्थापन गर्न यो तालिमले सहयोग पुग्ने विश्वास लिइएको बताए । साथै, फिल्डमा कार्यरत कर्मचारीले अझै गुणस्तरीय सेवा प्रवाह गरेर अब्बल बनाउन मद्दत पुग्नेमा आफू विश्वस्त रहेकोसमेत बताए । संस्थाले प्रदेश १ र २ का फिल्डमा कार्य गर्ने दुई सय आठजना कर्मचारीलाई दुईदिने प्रशिक्षण दिइएको हो । तालिम अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर सौनक भट्ट, लघुवित्त विज्ञ शिवहरि देवकोटा, श्रवणकुमार सपोर्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेल, संस्थाका तालिम विभाग प्रमुख उमेशमान डङ्गोलले सहजीकरण गरेका थिए । फाइनान्सले देशभरका आफ्ना कर्मचारीलाई वैशाख महिनाभर विभिन्न स्थानमा तालिम दिइरहेको छ ।
प्रतिक्रिया