+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटकी गीतासहित सात प्रदेशका महिला उद्यमी सम्मानित

नुवाकोटकी गीतासहित सात प्रदेशका महिला उद्यमी सम्मानित
त्रिशूली प्रवाह
१ महिना अगाडी

विदुर । उद्योग/व्यावसायिक क्षेत्रमा निरन्तर सक्रिय नुवाकोट बट्टारकी गीता अमात्य ‘न्युबिज बिजनेस वुमन समिट एन्ड अवार्ड-२०२५’ बाट सम्मानित हुनुभएको छ । उहाँसँगै सात प्रदेशबाट एक/एक जना महिला उद्यमी ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर’ बाट गत बुधबार काठमाडौंमा सम्मानित भएका हुन् ।

उद्योग/व्यवसायकासाथै राजनीतिक क्षेत्रमा पनि सक्रिय युवा उद्यमी अमात्य इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर अवार्डकासाथ रू.५१ हजार नगद पुरस्कारबाट सम्मानित हुनुभएको हो । उक्त सम्मानबाट अमात्यसहित प्रत्येक प्रदशबाट एक/एक जनाको दरले सात जना महिला उद्यमी सम्मानित भएका थिए । अमात्य बागमती प्रदशबाट छनौट भएर सम्मानित हुनुभएको हो । प्रभु बैंक लिमिटेड मुख्य प्रायोजक रहेको यस वर्षको कार्यक्रममा लाइफ टाइम एचिभमेन्ट अवार्ड र अन्य छ विधामा महिला उद्यमी सम्मानित भएका हुन् । कार्यक्रममा ज्ञानीशोभा तुलाधर भने लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएकी थिइन् । न्यू बिजनेस एज लिमिटेडले उद्यमशीलतामा लागेका महिला उद्यमीलाई प्रोत्साहन गर्न र उनीहरूले दिएको योगदानको कदर गर्न विगत केही वर्ष अगाडिदेखि अवार्ड कार्यक्रम गर्दै आएको छ । बागमती प्रदेशबाट छनौट भएर सम्मानित हुने एक मात्र महिला उद्यमी अमात्य नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेश सदस्य तथा महिला समिति सभापतिकासाथै महिला उद्यमी संघ नुवाकोटको सभापति पनि हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह