+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रसेवक कर्मचारी समाजको अध्यक्षमा रानामगर

राष्ट्रसेवक कर्मचारी समाजको अध्यक्षमा रानामगर
त्रिशूली प्रवाह
१ साल अगाडी

ककनी । राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटको सातौं वार्षिक साधारणसभा एवं वनभोज कार्यक्रम शनिबार ककनीमा सम्पन्न भएको छ । साधारणसभाले उदयबहादुर रानामगर अध्यक्ष रहेको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नवराज ढकाल, उपाध्यक्षमा सन्तु श्रेष्ठ, सचिवमा राजुप्रसाद प्याकुरेल, कोषाध्यक्षमा कृष्णराज खतिवडा, सहसचिवमा विनोद न्यौपाने, सदस्यमा कृष्ण पुडासैनी, केशरबहादुर पण्डित, नवराज सापकोटा, नारायण श्रेष्ठ, रूपा तामाङ, विमोचन भण्डारी, इन्द्रबहादुर पाण्डे, श्यामलाल श्रेष्ठ, कृष्ण गिरी, दिनेश भट्टराई र अर्जुनराज पाठक रहेका छन् । त्यसैगरी, साधारणसभाले नौ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । सो समितिमा डा.केदारनरसिंह केसी, रूद्रसिंह तामाङ, तुलसीप्रसाद सिटौला, रामप्रसाद थपलिया, पुष्पराम केसी, डा.मनोज केसी, सुदर्शन भण्डारी, बासुदेव गुरागाई, जंगबहादुर अर्याल रहनुभएको छ ।

Suzuki New Bike & Scooter

सो सभामा नुवाकोटबाट राष्ट्रसेवामा नवप्रवेशी, बढुवा एवं स्तरोन्नती हुनुभएका र सेवा निवृत्त हुनुभएकालाई स्वागत र सम्मान गरिएको थियो । आव.२०८१/०८२ मा राष्ट्रसेवामा प्रवेश गरेका रूपा तामाङ, कृष्ण देवकोटा, रेशम तामाङ, रामचन्द्र कोइराला, डा.सौरभ श्रेष्ठ, रामप्रसाद अधिकारी र सूर्यबहादुर तामाङलाई सम्मान र स्वागत गरिएको थियो । त्यस्तै, साधारणसभाले सल्लाहकार समिति डा.केदारनरसिंह केसी, रूद्रसिंह तामाङ, तुलसीप्रसाद सिटौला, रामप्रसाद थपलिया, पुष्पराम केसी, डा.मनोज केसी, सुदर्शन भण्डारी, बासुदेव गुरागाई, जंगबहादुर अर्याल रहेको नौ सदस्यीय गठन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह