+
Search

ताजा अपडेट +

पपुलर +

दलित अधिकार सम्मेलन सम्पन्न

दलित अधिकार सम्मेलन सम्पन्न
त्रिशूली प्रवाह
१ साल अगाडी

लिखु । सूर्यमती युवा जागरण प्रतिष्ठान, नुवाकोटले लिखु गाउँपालिकासँगको सहकार्यमा प्रथम ऐतिहासिक लिखु दलित अधिकार सम्मेलन गत बिहीबार र शुक्रबार सम्पन्न गरेको छ । चौघडामा सम्पन्न सम्मेलनको समापन समारोहमा बागमती प्रदेश सभा सदस्य तथा नेपाली काङ्ग्रेसका जिल्ला सभापति रमेशकुमार महतले जातीय विभेदको अन्त्य र समतामूलक विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार सबै उत्तिकै जिम्मेवार हुनुपर्ने बताए ।

Satkar Machinery Center
Utsuk Books & Stationery

सो कार्यक्रममा उपस्थित दलित आयोगका सदस्य सुन्दर पुर्कुटी, लिखु गाउँपालिका अध्यक्ष धु्रव श्रेष्ठ, नेपाली काङ्ग्रेस पञ्चकन्या गाउँ कार्यसमिति सचिव पुरुषोत्तम खड्का, नेपाल किसान महासङ्घ जिल्ला कार्यसमिति अध्यक्ष अजय पाठक, लिखु गाउँपालिका कार्यपालिका सदस्य ज्ञानी रोका सार्की, नेपाल दलित सङ्घका केन्द्रीय सदस्यद्वय सरिता रम्तेल र भोजबहादुर नेपालीलगायतले सम्मेलन नाम मात्रको होइन, वास्तवमै ऐतिहासिक रहेको उल्लेख गरे । कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष धनबहादुर मिजारले दलित समुदायमाथिको जातीय छुवाछुत, भेदभाव अमानवीय र अन्यायपूर्ण रहेको र बनेका ऐन-कानुनको प्रभावकारी कार्यान्वयन गरी यस्ता सामाजिक विभेदको अन्त्य गर्नुपर्ने बताए ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह