+
Search

ताजा अपडेट +

पपुलर +

लखन थापामगर सांस्कृतिक सङ्ग्रहालयका लागि दुई लाख सङ्कलन

लखन थापामगर सांस्कृतिक सङ्ग्रहालयका लागि दुई लाख सङ्कलन
त्रिशूली प्रवाह
१ महिना अगाडी

विदुर । प्रथम सहिद लखन थापामगर सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अभियानका लागि नुवाकोटको विदुर नगरपालिकाबाट रु. दुई लाख चार हजार सात सय ६९ सङ्कलन भएको छ । नेपाल मगर सङ्घ बागमती प्रदेश समिति र नेपाल मगर सङ्घ केन्द्रीय कार्यसमितिले जिल्ला- जिल्लामा लखन थापामगर सांस्कृतिक सङ्ग्रहालय निर्माण अभियानका लागि आर्थिक सङ्कलन गरिरहेको छ । नुवाकोटमा पनि सङ्घले १२ वटै पालिकामा आर्थिक सङ्कलन सञ्चालन गर्ने निर्णयअनुसार विदुरमा गत वैशाख १६ देखि २६ गतेसम्म सहयोग सङ्कलन गरेको थियो ।

नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति नुवाकोटका सचिव भरतबहादुर थापामगर (भरत पुलामी) संयोजक रहेको ११ सदस्यीय लखन सांस्कृतिक सङ्ग्रहालय निर्माण अभियानका लागि आर्थिक सहयोग सङ्कलन समिति गठन गरिएको थियो । सो समितिले विदुर नगरका १३ वडामा आर्थिक सङ्कलन गरेको संयोजक पुलामीले बताए । यो अभियानमा मगरका साथै अन्य जातजातिका दाजुभाइ, दिदीबहिनीले पनि नगद सहयोग गरेको संयोजक पुलामीले बताए । अभियान जिल्लाका अरू ११ पालिकामा सञ्चालन गर्ने कार्यक्रम रहेको समितिकी सदस्य शर्मिला थापामगरले जानकारी दिइन् । रसुवा जिल्लामा पनि यो अभियान सञ्चालन गर्न विक्रम थापामगरको संयोजकत्वमा सन्तोष थापामगर, मखमली थापामगर, हरिबहादुर थापामगर, कान्छीमाया थापामगर, सरिता थापामगर र रिता थापामगर सदस्य रहेको समिति गठन गरिएको छ । यो समितिले पनि आर्थिक सङ्कलन कार्य सुरु गरिरहेको बताइएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह