+
Search

ताजा अपडेट +

पपुलर +

मेरो माइक्रोको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

मेरो माइक्रोको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम
त्रिशूली प्रवाह
१ महिना अगाडी

बट्टार । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय बट्टार नुवाकोटमार्फत आफ्ना सदस्यलाई वित्तीय साक्षरता तथा वार्षिक केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको अनुगमन कार्यालय बट्टार नुवाकोटका प्रमुख रवीन्द्रप्रसाद कँडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विदुर नगरपालिका-२ का अध्यक्ष दीपक कायस्थले संस्थाले नुवाकोटमा पुर्याएको वित्तीय चेतना मात्र नभई आर्थिक रूपमा महिला दिदीबहिनीलाई सक्षम बनाउन सफल रहेको बताए । त्यस्तै, विदुर-४ का अध्यक्ष निलमबाबु ढुंगेलले समाजमा महिला सशक्तीकरणमार्फत आर्थिक उपार्जनमा सघाउ पुर्याएको बताए । सो कार्यक्रममा वार्षिक केन्द्र मूल्याङ्कनको आधारमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई प्रशंंसापत्रसहित नगद पुरस्कार वितरण गरिएको थियो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह