+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय सरकारका लागि पूर्वाधार महत्वपूर्ण

स्थानीय सरकारका लागि पूर्वाधार महत्वपूर्ण
त्रिशूली प्रवाह
१ महिना अगाडी

खनियाँवास । धादिङ जिल्ला, खनियाँवास गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन भएको छ । नवनिर्मित भवनको उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्दै भने, ‘म विश्वस्त छु, नवनिर्मित भवनले सेवा प्रवाहमा गुणात्मक सुधार ल्याउनेछ ।’

ग्रामीण तहमा जनतासम्म सेवा सहज र प्रभावकारी रूपमा पु¥याउने अभियानमा यो भवन एक महत्वपूर्ण उपलब्धि भएको उनले उल्लेख गरे । स्थानीय सरकारलाई मजबुत र सशक्त बनाउन यस्ता पूर्वाधारले ठुलो टेवा पु¥याउने मन्त्री सिंहले बताए । गाउँपालिकाको भवन अत्याधुनिक प्रविधियुक्त सुविधासहित निर्माण गरिएको छ । भवनमा प्रशासनिक कार्य सञ्चालनका लागि कार्यालय कक्ष, सभाकक्ष, सूचना कक्ष र नागरिक सेवाका अन्य आवश्यक सुविधा समेटिएको गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले जानकारी दिए । नवनिर्मित भवनबाट अब गाउँपालिकाले अझ प्रभावकारी र पारदर्शी ढङ्गले जनतामा सेवा पु¥याउने विश्वास कार्यक्रमका सहभागीले लिएका छन् । कुल रु। तीन करोड ३२ लाख २७ हजार चार सयमा ठेक्का आह्वान गरिएकामा रु। दुई करोड ७५ लाखको बोलकबोलमा निर्माण सम्पन्न भएको हो । भवन निर्माणमा जिल्ला समन्वय समिति धादिङको ६० र गाउँपालिकाको ४० प्रतिशत लगानी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छोइसाङ तामाङले बताए । भवन निर्माण गर्ने जग्गा स्थानीय १० जनाले निःशुल्क उपलब्ध गराएको पनि तामाङले जानकारी दिए । भवन उद्घाटन कार्यक्रममा सबै जग्गादाता र पूर्वप्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ, बालकृष्ण नेपाली, नवराज श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा पूर्वमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता दिलमान पाख्रिन, प्रदेश सभा सदस्यद्वय डम्बरबहादुर तामाङ, शिवराज अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह