+
Search

ताजा अपडेट +

पपुलर +

लाङ्टाङ–क्यान्जिन पदमार्गमा फोरजी मोबाइल सेवा

लाङ्टाङ–क्यान्जिन पदमार्गमा फोरजी मोबाइल सेवा
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । नेपाल टेलिकमले नेपालको प्रसिद्ध एवं सुन्दर पदयात्रा गन्तव्यको रूपमा परिचित रहेको रसुवाको लाङटाङ–क्यान्जिन पदमार्गमा स्थानीय बासिन्दा तथा पर्यटकलाई लक्षित गरी फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

काठमाडौँदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गको रूपमा चिनिने नेपालको तेश्रो पर्यटकीयस्थल रहेको लाङटाङ क्षेत्रमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाले पर्यटकलाई यात्राका क्रममा सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव आफ्ना प्रियजनसँग साँटासाँट गर्न सहयोग पुग्ने छ । नेपाल टेलिकमका सहप्रवक्ता नविनकुमार मिश्रका अनुसार समुद्री सतहबाट करिब तीन हजार आठ सय मिटरको उचाईमा अवस्थित क्यान्जिन उपत्यकामा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।

Suzuki New Bike & Scooter

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने र स्याफ्रुबेशीबाट लगभग दुई दिनको पैदल यात्रामा पुगिने मनमोहक पर्यटकीयस्थल क्यान्जिन उपत्यका स्वदेशी तथा विदेशी पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो । लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने यस उपत्यकामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटक तथा यस भेगका पर्यटनलगायत अन्य व्यवसायी समेत दूरसञ्चार सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह