विदुर । नुवाकोट जिल्ला, विदुर-२ का समाजसेवी माणिकलाल श्रेष्ठको ८४ वर्षका उमेरमा गत वैशाख ३० गते आफ्नो जन्म महिना र गतेकै दिन निधन भएको छ ।
विसं १९९९ मा जन्मनुभएका श्रेष्ठ रक्त अर्बुदरोगबाट छ महिनादेखि पीडित हुनुहुन्थ्यो । उहाँको ब्लड हस्पिटल जावलाखेल, ललितपुरमा अघिल्लो मङ्गलबार देहावसान भएकोे हो । भैरवी मावि, नुवाकोटमा प्रधानाध्यापक र जिल्लाका विभिन्न कार्यालयमा लेखापाल रही सेवा गर्नुभएका श्रेष्ठका श्रीमती, दुर्ई छोरा र एक छोरी हुनुहुन्छ । ‘त्रिशूली प्रवाह साप्ताहिक’ का स्तम्भकार रामलाल श्रेष्ठ उहाँका ज्येष्ठ सुपुत्र हुनुहुन्छ । स्व श्रेष्ठको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो । स्व श्रेष्ठका परिवारजन काठमाडौँ, नागार्जुन नगरपालिका-१ रानीवन, राधाकृष्ण मन्दिर टोलस्थित ज्येष्ठ सुपुत्र रामलाल निवासमा किरियाकर्ममा रहनुभएको छ ।
प्रतिक्रिया