काठमाडौँ । नुवाकोट जिल्लाका डा. अरविन्द खड्काले दोस्रोपटक सगरमाथा आरोहण गरेका छन् । यही जेठ ४ गते बिहान ४ बजे उनले सफलतापूर्वक चोमोलोङ्मा आरोहण गरेको त्रिशूली प्रवाह साप्ताहिकका सहयोगी रामलाल श्रेष्ठले जानकारी दिए ।
वि.सं. २०४७ पुसमा जन्मी अरि खड्काले परिचित उनी नुवाकोट दरबार परिसर, ठुलीपौवा, पुतली बजारका बासिन्दा हुन् । भैरवी माध्यमिक विद्यालय, नुवाकोटबाट २०६३ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण उनले त्रिभुवन विश्व विद्यालयबाट जलवायु विज्ञानमा स्नातकोत्तर गरी हिमनदी तथा जलवायु परिवर्तन विषयमा फ्रेन्च नेसनल इन्स्टिच्युट फ्रान्सबाट विद्यावारिधि गरेका थिए ।
प्रतिक्रिया