धुन्चे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रसुवाको शनिबार धुन्चेमा भएको जिल्ला भेलाले दश सदस्य जिल्ला समिति चयन गरेको छ । सो भेलाले जिल्ला समितिका सभापतिमा मानबहादुर तामाङलाई सर्वसम्मत चयन गरेको छ ।
समितिका उपसभापतिमा सेनदेकी तामाङ, सचिवमा पारङ्वा तामाङ, सहसचिवमा ओपप्रसाद पौडेल र सदस्यमा उर्केन छोमु तामाङ, भरत नगरकोटी, रवीन्द्रकुमार पौडेल, टेकबहादुर तामाङ, किरण आचार्य, डवाङफिन्जो तामाङ छन् । अरू सदस्य पार्टीको विधानअनुसार भुगोलको आधारमा थप्दै लाने नवनिर्वाचित अध्यक्ष तामाङले बताउनुभयो ।
प्रतिक्रिया