बट्टार । नुवाकोटको बट्टारमा रहेको जिल्लाकै पुरानो जगदम्बा चलचित्र मन्दिर आइतबारदेखि नयाँ व्यवस्थापनसहित आधुनिक प्रविधिको शिवालय सिनेप्लेक्स (सिनेमाघर) बनेको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सिनेमाघरको उद्घाटन गरेपछि सञ्चालनमा आएको हो । मनोरञ्जन क्षेत्रलाई अझ बढी व्यवस्थित र मर्यादित बनाउँदै नेपाली चरचित्र उद्योगको श्रीवृद्धिमा शिवालय सिनेमाघरले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास अध्यक्ष डिसिले गर्नुभएको छ ।
जिल्लाको पुरानो जगदम्बा चलचित्र मन्दिरलाई नयाँ स्वरूप र प्रविधिमा रूपान्तरण गरी सन्तोष सरगम अधिकारी र पासाङ लामाले सिनेमाघर सञ्चालन गर्नुभएको हो ।
नयाँनयाँ फिल्म प्रदर्शनी हुने भएकोले जिल्लाबासीलाई मनोरञ्जनको थप सुविधा थपिएको छ । दिउँसो १२ देखि ३ र ३ देखि ५ बजे दुई चरणमा फिल्म सञ्चालन हुने जानकारी सो अवसरमा गराइएको थियो ।
प्रतिक्रिया