खेतीपाती लाउने याममा मलबिउ हाहाकार नभए त नेपालाँ जनताले सरकारलाई खर्लप्पा बिर्सने भन्या । न्वाँकोटकै कुरो गर्दा, मल बिक्री-वितरण सहज नभएसि’ दैलाको सरकारलाई हारगुहार गरेनि’ ब्ल्याकमा फालाफाल भएर केही व्यक्ति मालामाल भाको तिनआँखेले देखिहाल्यो । मल जिल्ला भित्र्याउने ठेक्का पाएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङको गोदाम रित्तेनि’ आधा दर्जन मान्य भनाउँदा कता हराए–हराए, सङ्घ र प्रदेशमा चुँसम्म बोलेनन् नि हजुर ! सहकारीमार्फत मल बिक्री गर्ने सरकारी नियम भएनि’ मल माफियाले राम्रै दाममा उपलब्ध गराएकाले नागरिक र अधिकारकर्मी दङ्ग परेर छुट्टी छ । बिचरा प्रहरी, प्रशासन शान्तिसुरक्षा मिलाऊन् कि मलको पछाडि कुदून् ! भिजिट भिसामा एयरपोर्टबाट मानव तस्करी हुने देसाँ सरकारी अनुदानको मल माफियालाई बेच्नु कुन ठुलो कुरा भो र सम्धी !
प्रतिक्रिया