बट्टार । जीवनयोग प्रयोगशाला नुवाकोट, विदुर-९, कोलोनीको आयोजनामा शनिबार बट्टारमा जीवन विज्ञानअन्तर्गत खुसी विज्ञान योग ध्यान कार्यक्रम सम्पन्न भएको छ ।
रसुवाको कालिकास्थान, विदुर-७ तुप्चे, साहुगाउँ, विदुर-९ कोलनी, विदुर, बट्टारका एक सय ३२ जनाभन्दा बढी उक्त ध्यान शिविरमा सहभागी भएर स्वास्थ्य लाभ र योग ध्यान कार्यक्रमको ज्ञान लिएको जीवन योग प्रयोगशालाका अध्यक्ष केदारप्रसाद रिजालले जानकारी दिए । बाजेको सेकुवा बट्टारमा भएको कार्यक्रममा जीवन विज्ञानका वरिष्ठ केन्द्रीय प्रशिक्षक निर्मला केसी र रेखा कोइरालाले प्रशिक्षण दिएका थिए । सो कार्यक्रमको सञ्चालन जीवन विज्ञान नुवाकोटका संयोजक रामहरि न्यौपाने तथा प्रशिक्षक अमृता गिरी र नवराज श्रेष्ठले सहजीकरण गरेका थिए । कार्यक्रम बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको थियो ।
प्रतिक्रिया