धार्मिक र पर्या-पर्यटनको हिसाबले अन्यन्तै सुन्दर हिमाली जिल्ला रसुवामा रहेको गोसाइँकुण्डमा जेठ ११ गते आइतबार पतञ्जलि योग समिति बागमती प्रदेशको आयोजनामा दुई सय ५१ जना यौगिक पदयात्री पदयात्रामा निस्किएका छन् ।
चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्डमा जति चर्चा रहेको छ त्यसभन्दा धेरै चर्चा छाओस् । यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकोमा यसपटक योग टोली गोसाइँकुण्ड पुगेर महादेवको दर्शन गरी योग ध्यान गरेर फर्कने योजनासहित आन्तरिक तथा बाह्य पर्यटक बढी भन्दा बढी आऊन् भन्ने उद्देश्य रहेको पतञ्जलि योग समितिका गुरु लवदेवले जानकारी दिए । यो एक सन्देशमूलक गोसाइँकुण्ड यौगिक पदयात्रा हो, जसले कैलाश मानसरोवरजत्तिकै धार्मिक क्षेत्र हो । हाम्रै देशमा रहेको धार्मिकस्थल पनि भ्रमण गरौँ है भन्ने सन्देश जाओस् भन्नका लागि पनि यो पदयात्रा रहेको आयोजक टिमले जनाएको छ । पदयात्रा पाँच दिनसम्म रहेको पनि बताइएको छ । चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्डमा काठमाडौँबाट सदरमुकाम धुन्चेमा जेठ १० गते बास बसी ११ गते गोसाइँकुण्ड प्रस्थान गरी १२ गते गोसाइँकुण्ड पुगी १३ गते पुनः धुन्चे फर्कने र १४ गते पुनः काठमाडौँ फर्कने आयोजक टिमले जनाएको छ । पतञ्जली योग समिति बागमती प्रदेश र सङ्घीय राजधानीबाट गरी दुई सय ५१ जनाको टोली कुण्ड प्रस्थान गरेको छ ।
विशेष गरी वर्षको दुईचोटि दशहरा र जनैपूर्णिमाको अवसरमा लाग्ने गर्छ भने आजभोलि बाह्रै महिना मानिसको ओहोर-दोहोर हुन्छ । त्रिशूली नदीको उद्गमस्थल त्रिशूल धारा, गोसाइँकुण्डलगायत ऐतिहासिक, भौगोलिक, धार्मिक तथा प्राकृतिक महत्वले गोसाइकुण्ड धनी रहेको छ ।
प्रतिक्रिया