+
Search

ताजा अपडेट +

पपुलर +

मनसुनजन्य विपत् उद्धारसम्बन्धी कृत्रिम घटना अभ्यास

मनसुनजन्य विपत् उद्धारसम्बन्धी कृत्रिम घटना अभ्यास
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म हेडक्वार्टर विदुर-९ नुवाकोटले मनसुन भित्रिने क्रमसँगै त्यसबाट जनजीवन प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर विपत् प्रतिकार्य पूर्वतयारी अभ्यास गरेको छ । सशस्त्र प्रहरी कर्मचारीले नेविप्राको विदुर-९ स्थित सिलट्याङ्की बाँध क्षेत्रमा मंगलबार मनसुनजन्य विपत् उद्धारसम्बन्धी कृत्रिम घटना अभ्यास गरेका हुन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

सो अवसरमा जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले पूर्वजानकारीविना आउने विपत्मा पुग्ने क्षतिको आकलन गर्न नसकिने, तर पूर्वतयारीका साथ लाग्ने हो भने क्षति केही हदसम्म न्यूनीकरण गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रकोपपश्चात् उद्धारमा सहभागी हुन र आफ्नो पेसागत दक्षतालाई समयानुकूल विशिष्टीकृत गर्दै तयारी हालतमा बस्नु सुरक्षा निकायको दायित्व रहेको छ ।’ मनसुन भित्रने क्रमसँगै विपत् प्रतिकार्यका लागि तयारी अवस्थामा रहनुपर्ने भएकाले हाईअलर्टमा बस्नसमेत उहाँले निर्देशन दिनुभयो ।

Suzuki New Bike & Scooter

सशस्त्र प्रहरी बल नुवाकोटका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक रामकुमार खिउजूले सशस्त्र प्रहरीले स्थापनाकालदेखि नै विभिन्न किसिमका प्रकोप, भूकम्प, सडक दुर्घटना, बाढीपहिरो, आगलागीजस्ता मानवीय तथा प्राकृतिक प्रकोपमा उद्धार तथा जोखिम न्यूनीकरणका लागि काम गर्दै आइरहेको बताउनुभयो । सशस्त्र प्रहरीसँग कुनै पनि विपत् र विपत्सँग सम्बन्धित जनचेतना अभिवृद्धि तथा विपत्पश्चात् तत्काल उद्धार गर्न सक्षम, कुशल एवम् तालिमप्राप्त दक्ष जनशक्ति रहेकोसमेत उहाँले जानकारी दिनुभयो । सिलट्याङ्कीको बाँधमा खसेका दुईजनालाई बचाउनका लागि सशस्त्रका सुरक्षाकर्मीले उद्धार सामग्रीको सहायताले उद्धार गरेको घटना अभ्यास गरिएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह