+
Search

ताजा अपडेट +

पपुलर +

बाह्य मिचाहा प्रजातिको फैलावट तीव्र

बाह्य मिचाहा प्रजातिको फैलावट तीव्र
त्रिशूली प्रवाह
२ हप्ता अगाडी

धुन्चे । मिचाहा प्रजाति व्यवस्थापन र जलवायु परिवर्तनबाट सिर्जित मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यशाला गोष्ठी गत हप्ता रसुवामा सम्पन्न भएको छ । सो गोष्ठीमा मिचाहा प्रजाति व्यवस्थापनको तीव्र फैलावटबारे सरोकारवालाले चिन्ता व्यक्त गर्नुभएको थियो ।

सदरमुकाम धुन्चेमा गत जेठ ६ र ७ गते राष्ट्रिय प्रकृति संरक्षण कोष गण्डकी जलाधार जलवायु उत्थानशीलको सहयोगमा डिभिजन वन कार्यालय रसुवाको आयोजनमा भएको कार्यक्रमको पहिलो दिन ६ गते जिल्लाभरका सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, दलित, अपाङ्गता भएका व्यक्ति, जनप्रतिनिधिलाई नेपालमा बाह्य मिचाहा प्रजातिको तीव्र फैलावट भइरहेकोबारे जानकारी गराइएको थियो । जलवायुविज्ञ अनिता श्रेष्ठले सो गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै बाह्य मिचाहा प्रजातिको तीव्र फैलावट अहिले एक गम्भीर पर्यावरणीय चुनौती बनिरहेको, यसको व्यवस्थापनको प्रभावले कृषि, वन र वातावरणमा व्यापक असर पु¥याएको बताउनुभयो । सडकछेउ र आवास क्षेत्रबाट बाह्य मिचाहा प्रजातिका झारहरू कृषि क्षेत्रसम्म फैलिँदै उत्पादनमा ठुलो नकारात्मक प्रभाव पार्न सक्ने भएकाले सचेत रहन सहभागी सबैको उहाँले ध्यानाकर्षण गराउनुभयो । अझै प्रभावकारी क्वारेन्टाइन निरीक्षणको अभावले नयाँ मिचाहा प्रजाति भित्रिरहेको उहाँले दाबी गर्नुभयो । यस्तै, दोस्रो दिन जेठ ७ गते जलवायु परिवर्तनबाट सिर्जित मानव–वन्यजन्तु द्वन्द व्यवस्थापन कसरी गर्ने र मानव-वन्यजन्तुबिच द्वन्द्वको कारण के हुन्छ र यसको समस्या र समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा रसुवामा तैनाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुख तथा प्रतिनिधि र अन्य सरोकारवाला निकायबिच व्यापक छलफल भएको कार्यक्रमको सहजीकरण गरेका डिभिजनल वन कार्यालय रसुवाका प्रमुख वन अधिकृत शम्भु तामाङले बताउनुभयो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह