काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लेखक एवं साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित ‘खनियाबास विद्रोह’ पुस्तकको अघिल्लो बुधबार लोकार्पण गर्नुभएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच सभापति देउवाले उक्त पुस्तक सार्वजनिक गर्नुभएको थियो । नेपाली लेखक सङ्घ नुवाकोटद्वारा प्रकाशित ‘खनियाबास विद्रोह’ तत्कालीन पश्चिम १ नम्बर क्षेत्र र हालको नुवाकोट जिल्लामा पर्ने खनियाबासमा भएको सत्य घटनाको विषयवस्तु अध्ययन गरेर लेखिएको अनुसन्धानात्मक पुस्तक हो ।
‘खनियाबास विद्रोह’ श्रेष्ठको २८औँ प्रकाशित कृति हो । नुवाकोटको विदुरमा विसं २०३१ मा जन्मिनुभएका कांग्रेस नुवाकोट जिल्लाका सचिव श्रेष्ठको हालसम्म केही नियात्रासङ्ग्रह, जीवनीसङ्ग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकका साथै हाइकु, तान्का, कटौता, सेदोका, डोडोइट्सु, मन्डो र सिजो जस्ता विधाका अधिक पुस्तक प्रकाशित छन् ।
प्रतिक्रिया