विदुर । नेपाली काङ्ग्रेसनिकट नुवाकोटका निर्माण व्यवसायीको बुधबार भएको भेलाले लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ जिल्ला कार्यसमिति नुवाकोट तदर्थ समिति गठन गरेको छ । सो भेला नेपाली काङ्ग्रेस पार्टी कार्यालय भवन विदुरमा सम्पन्न भएको हो ।
भेलाले कार्यसमितिको अध्यक्षमा सुमन अधिकारी, उपाध्यक्षद्वयमा कृष्णप्रसाद थपलिया, वीरबहादुर गुरुङ, महासचिवमा योगेन्द्रसिंह थापा, उपमहासचिवद्वयमा विवेक लामिछाने, दिनेश पण्डित, कोषाध्यक्षमा विनोद भट्ट, सहकोषाध्यक्षमा अशोक तामाङ र सदस्यमा कुमार गौतम, सुमन सापकोटा, हर्कबहादुर तामाङ, सरिता अधिकारी (महिला सदस्य), वीरमान तामाङ, सुरज सिलवाल, बलदेव थापा, निश्चल पनेरूलाई चयन गरेको छ ।
प्रतिक्रिया