+
Search

ताजा अपडेट +

पपुलर +

सैन्य आधार तालीम सम्पन्न

सैन्य आधार तालीम सम्पन्न
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

बट्टार । नेपाली सेनाको श्री नं १ तालीम केन्द्र मैथली नुवाकोटमा सञ्चालन भइरहेको सिसं ८१ सैन्य आधार तालीम शुक्रबार समापन भएको छ । नौ महिने उक्त कठोर तालीममा तीन सय ८७ महिला र एक सय १० पुरूष प्रशिक्षार्थी सहभागी थिए ।

तालीमको अन्तिम दलेल कवाजको निरीक्षण र सलामीग्रहण बलाधिकृत रथी निर्मलकुमार थापाले गर्नुभएको थियो । उहाँले सो अवसरमा सैन्य भएका चार सय ९७ जनालाई सैन्य जीवनको सफलताको लागि शुभकामना दिनुभएको थियो । तालीममा राजमान नगरकोटी कालिकास्थान, रसुवा सर्वोत्कृष्ट र महिलातर्पm आछामकी सिर्जना कुँवरलाई प्रमाणपत्रसहित सम्मान गर्नुभएको केन्द्रपति प्रमुख सेनानी देवराज भट्टले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह