+
Search

ताजा अपडेट +

पपुलर +

प्रथम स्काउट क्याम्पमा ३२ विद्यार्थी दीक्षित

प्रथम स्काउट क्याम्पमा ३२ विद्यार्थी दीक्षित
त्रिशूली प्रवाह
१ महिना अगाडी

दाङसिंह । तारकेश्वर गाउँपालिकाको आर्थिक सहयोगमा वडा नम्बर ३ को पिपलडाँडा माविमा अध्ययनरत विद्यार्थीको स्काउट ट्रुपको प्रथम स्काउट क्याम्प सम्पन्न भएको छ । सो क्याम्पमा ३२ विद्यार्थी दीक्षित भएका छन् ।

 

आइतबार क्याम्पको समापन समारोहमा उपस्थित हुनुभएका गाउँपालिका अध्यक्ष तथा तारकेश्वर गाउँपालिका स्थानीय स्काउट कार्यालयका संरक्षक शिव अधिकारी ‘अविरल’ले विद्यार्थीको क्षमता अभिवृद्धि, सिप तथा अनुशासनको विकास र विपत्को पूर्वतयारी एवम् प्रतिकार्यका लागि दक्ष युवाशक्ति उत्पादन गर्न पालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले पालिकाका सबै विद्यालयमा स्काउट प्रशिक्षण क्याम्प सञ्चालन गर्नेसमेत बताउनुभयो ।

सो समारोहमा पालिका अध्यक्ष अधिकारीले क्याम्पमा सहभागी ३२ जना विद्यार्थीलाई स्काउट स्कार्प, सदस्यता ब्याच र प्रमाणपत्र प्रदान गर्दै दीक्षित गर्नुभएको थियो । दुई दिन एक रातको क्लोज क्याम्पमा विद्यार्थीको क्षमता अभिवृद्धि, व्यक्तित्व विकास, समय व्यवस्थापन, नेतृत्व सिप, व्यावहारिक सिकाइ, सामूहिक सहकार्य, आत्मनिर्भरता र चरित्र निर्माणका लागि स्काउटका राष्ट्रिय सहायक प्रशिक्षकबाट प्रशिक्षण दिइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह